शनिबार, वैशाख ६, २०८२

आलमलाई ३२ वर्ष कैद सजाय माग

नेपालखोज २०७६ कार्तिक १९ गते ७:०९

१९ कार्तिक । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ ।

राजापुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इाटाभट्टामा जिउँदै जलाएको आरोपमा रौतहट २ बाट निर्वाचित सांसद आलम २६ असोजमा पक्राउ परेका थिए ।

प्रतिक्रिया