शेखर गोल्छा उद्योग बाणिज्य महासंघको भावी अध्यक्ष पक्का
२४ कार्तिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको भावी अध्यक्ष शेखर खोल्छा हुने पक्का पक्की भएको छ । लामो विवाद र चर्काचर्की पछि कार्तिक २९ गते तोकिएको विशेष साधारण सभा रद्द गरिएकाले गोल्छा भावी अध्यक्ष हुने पक्का भएको हो । गोल्छालाई अध्यक्ष बन्न नदिनका लागि विधानमा भएको वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष बन्ने व्यवस्थालाई हटाउनका लागि विधान संशोधन गर्न लागिएको थियो ।
महासंघको अधिल्लो निर्वाचनताका पनि यस्तै विवाद भए पश्चात वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरिएका कारण भवानी राणालाई अध्यक्षा बन्ने मौका मिलेको थियो । अहिले गोल्छा अध्यक्ष बन्ने भएपछि विधान संशोधन गरेर निर्वाचन प्रणाली मार्फत नै अध्यक्ष चयन गरिन खोजिएको थियो ।
यदि अहिले विधान संशोधन गरिए महासंघ नै विभाजित हुने संकेत देखिएपछि विधान संशोधनका लागि चण्डीराज ढकालको संयोकत्वमा बनेका समिति एक कदम पछाडि हटी विधान संशोधनका लागि विशेष साधारण सभा नगर्ने अवस्थामा पुगेको हो । महासंघको आगामी नेतृत्वका लागि नेतृत्वहरु दुई पक्ष बनिसकेको अवस्था थिए ।
पूवै अध्यक्ष समेत रहेका चण्डीराज ढकाले कुनै पनि हालतमा गोल्छालाई अध्यक्ष बनाउनु हुन्न भन्ने लविङ गर्दै विधान संशोधन गर्नका लागि समितिको संयोजक नै बनेका थिए । तर गोल्छालाई अध्यक्ष बन्न नदिनका लागि ढकाल उभिएपछि अरु पूर्व अध्यक्षहरु भने त्यसको विपक्षमा थिए ।
ढकाल बाहेकका पूर्व अध्यक्षहरु जसरी भवानी राणालाई विधान बमोजिम वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेकी थिइन् त्यसैगरी गोल्छा नै अध्यक्ष हुनु पर्दछ भन्नेमा थिए ।यस अघिपनि भवानी राणालाई अध्यक्ष बनाउनका लागि चण्डीराज ढकालले विधान संशोधन गर्नेदेखि सवै खुरापाती दिमाग चलाएका थिए । ढकाल कै कारण भवानी राणा अध्यक्ष बनेकी थिइन् । भवानी राणा अध्यक्ष हुँदा नै गोल्छालाई भावी अध्यक्ष बनाउने तय गरिएको थियो । – विपी भण्डारी
प्रतिक्रिया