आइतबार, वैशाख ७, २०८२

ओली सरकारको मन्त्रिपरिषद पुनर्गठनमा को पर्दै को बाहिरिदै ?

नेपालखोज २०७६ कार्तिक २६ गते १७:४०

२६ कार्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मन्त्री परिषदबाट करिब ६ जना मन्त्रीलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने समय करिब छुट्याईसकेका छन् । जहाँ उनले ६ जना अहिलेका मन्त्री हटाउने तयारी गरेका हुन् ।

उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा उनले यस्तो तयारी थालेको नेकपाका एक नेताले जानकारी दिए । उनले नेपाल खोजलाई दिएको जानकारी अनुसार नेकपाका महासचिव विष्णु पौडेल मन्त्रिपरिषदमा समावेश नहुने छाट छ । तर, यस अघि पौडेल अर्थमन्त्री बन्न सक्ने चर्चा चलेको थियो ।

अहिलेपनि आन्तरिक रुपमा पार्टी एकीकरण टुङगो नलागेकाले पार्टीको काममा तिव्रता देखाउने चाहाना पौडेलले गरेकाले उनी मन्त्रिपरिषद बाहिर रहने भएका हुन् ।

मन्त्रिपरिषदको लिस्टबाट बाहिरिन खतरामा भएका मन्त्रीहरु

१. चक्रपाणि खनाल, कृषि मन्त्री

२. थममाया थापा, महिला वालवालिका तथा समाज कल्याण मन्त्री

३. जगत विश्वकर्मा, युवा खेलकुद मन्त्री

४. रघुवीर महासेठ, भौतिक पूर्वाधार मन्त्री

५. मात्रिका यादव, उद्योग मन्त्री

स्रोतका अनुसार अन्य मन्त्री उपर पनि हेरफेरको क्रम जारी छ । जसमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समेत पर्न सक्ने छन् । यसैगरी, श्रममन्त्री गोकर्ण बिष्ट माथिको खतरा समेत टरेको देखिदैन भने वन मन्त्री शक्ति बस्नेत पनि बाहिरिने सम्भावना रहेको तर उनिहरु माथिको छलफल नसकिएको नेकपाका नेताले जानकारी दिएका छन् । साथै मन्त्री परिषदबाट नबाहिरिए पनि कतिपय मन्त्रीहरुलाई मन्त्रालय साटफेर गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ ।

पुनर्गठनमा समावेश हुनसक्ने सक्ने सम्भावित मन्त्रीहरु

१. जनार्दन शर्मा

२. घनश्याम भुसाल

३. सुरेन्द्र पाण्डे

४.देवेन्द्र पौडेल

५. उपसभामुख शिवमाया तुम्बाहम्फे

६. वसन्त नेम्वाङ

यी नाम बाहेक अन्य नेता उपर पनि मन्त्री पदकालागि नेकपामा छलफल जारी छ ।

प्रतिक्रिया