आइतबार, वैशाख ७, २०८२

कैलालीको सोल्टामा समुदाय स्तरीय जलचर तथा जलीय जैविक विविधता संरक्षण समूह गठन

नेपालखोज २०७६ कार्तिक ३० गते ४:४७

कार्तिक ३०,  कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टामा शनिबार समुदाय स्तरीय जलचर तथा जलीय जैविक विविधता संरक्षण समूह (सिएएजीएस) गठन गरिएको छ ।

मोहन्याल गाउँपालिकाको आयोजना, वातावरण समन्वय समिति कैलालीको आर्थिक तथा प्राविधिक सहयोग र यु.एस.आइ.डी.को साझेदारीमा संचालित पानी परियोजना अन्तर्गत समूह गठन गरिएको हो ।

ठुलीगाड जलाधार क्षेत्र अन्तर्गत पर्ने राजीरेक्चा देखि टिउली खोला सम्मको क्षेत्र समेटने गरि गठन गरिएको सोल्टा कुमाला जलचर तथा जलीय जैविक विविधता संरक्षण समुहको अध्यक्षमा कर्ण राजीलाई चयन गरिएको वातावरण समन्वय समिति कैलाली पानी परियोजनाका संयोजक गोमती जोशीले जानकारी दिईन्।

१७ सदस्यीय समुहको सचिवमा यमकला बि. क. र कोषाध्यक्षमा बबिता योगी चौधरी रहेका छन। समुहको सदस्यहरुमा गौरी बि। क।, भीमबहादुर शाही, गणेश थापा, बालाराम थ्यायत, उर्मिला बि.क. , नवराज नेवार, शिबराज खड्का , गौरी रोकामगर, भुमिनन्द रिमाल र भक्त मगर लगायतका रहेका छन । समुहमा ५१ प्रतिशत महिलाहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा नेपाल रेडक्रस सोसाइटी लम्की उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

ठुलीगाड जलाधार क्षेत्रमा जलश्रोत र जैविक विविधता संरक्षणका साथै विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणमा कार्यक्रम संचालन गर्दै आएको वातावरण समन्वय समिति कैलाली र यु.एस.आइ.डी. पानी परियोजनाले शुक्रबार मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ को अजिङ्गरेमा विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणका लागि जोखिम नक्साङ्कन गर्न संकटासन्नता क्षमता विश्लेषण कार्यक्रमू सम्पन्न गरेको छ ।

यस्तै, मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ मा रहेको राष्ट्रिय मावि सोल्टामा अमर  धमालाको संयोजकत्वमा १९ सदस्यीय इको क्लबको समेत गठन गरिएको वातावरण समन्वय समिति कैलालीका फोकल पर्सन मार्कण्डेय उपाध्यायले जानकारी दिए ।  क्लबको सल्लाहकार समितिको संयोजक बिज्ञान शिक्षक गणेश नेपाली रहेका छन् ।— रंगप्रसाद तिमिल्सैना

प्रतिक्रिया