आइतबार, वैशाख ७, २०८२

विप्लवका २ कार्यकर्ता बर्दियाबाट पक्राउ

नेपालखोज २०७६ मंसिर ८ गते १६:२३

८ मंसिर, बर्दिया। नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया