आइतबार, वैशाख ७, २०८२

ओरालो लागेकालाई काँध हालेको प्रभु बैंकको सफलता उन्मुख वर्तमान

नेपालखोज २०७६ मंसिर ८ गते १७:१६

नेपाल खोज संवाददाता
८ मंसिर, काठमाडौँ । पछिल्लो समय बजारमा प्रभु बैँकको छाप राम्रो छ । प्रतिस्पर्धाको दुनियाँमा प्रभुका शाखा, एटिएम घरपनि प्रशस्तै छन् भने मोबाइ बैंकिङ सिष्टम समेत राम्रो नै रहेको छ ।

सेवाको क्षेत्रमा आफुलाई अब्बल बनाउँदै गएको प्रभु बैंक विगतदेखि वर्तमानसम्म कसरी चलिरहेको छ भनि हामीले सोध्दा बैंकको सञ्चालक समितिका अधिकारीहरु सेवाग्राहीको सुविधालाई विशेष सहजताका साथ कार्य सम्पन्न गर्ने प्रभु बैंकको कथा दुखद् देखि सुखद् सबै रहेको बताउँछन् ।

प्रभु बैंकको विगतलाई हेर्ने हो भने उसले नागरिकलाई सुविधाको सहयोग मात्र गरेन व्यापारमा ओरालो लाग्दै गएका कम्पनीहरुलाई समेत काँध हालेर एक ठिक्का हुँदै व्यवसायमा फष्ट्को मार्दै गएको उनीहरुको भनाई छ । शेयर बजारमा पनि प्रभु बैंकको अहिले राम्रो छाप छ । बैंकले हरेक वर्ष लाभांश वृद्धिकालागि योजनावद्ध भएर काम गरिरहेको प्रभु बैंकका सञ्चालक समितिका सदस्यहरु बताउँछन् ।

विगतमा यस बैंकले किष्ट, ग्राण्ड, नेपाल बिकास बैंक जस्ता व्यवसायमा ओरालो लागेका कम्पनीहरुलाई आफुमा समाहित गरायो र आफुमा यसले सुधारपनि ग¥यो । जुन कुरा गएको शुक्रबार प्रभु बैंकले आफ्नो केन्द्रीय कार्यालयमा सम्पन्न गरेको आठारौँ साधारणसभामा बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले शेयरधनीलाई चालु बर्षको संभावित खुद नाफाबाट कम्तिमा २० प्रतिशत लाभांश वितरण गरिने प्रयास आफुहरुले गर्ने घोषणा गर्नुले पनि बुझाउँछ ।

बैंकले आफु अब मर्जमा गएर शेयर कारोबार नरोक्ने अठोट समेत गरेको छ । सोही बमोजिम अन्य कम्पनीलाई आफुमा गाभ्ने प्रकृया समेत यथावत राख्ने बैंकको योजना छ ।

यता, वाार्षिक साधारण सभाले शेयर स्वामित्वको संरचना परिवर्तन पश्चात बैंकमा ५५ प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झारेको छ । यसबाट परिवर्तन हुने साधारण शेयर दोस्रो बजारमा बिक्रीमा आउँदा केही चाप भने    पर्नसक्छ । तर, चुनौतिकाविच पनि बैंकलाई थप सवल र प्रभाकारी बानउने विभिन्न कसरतमा रहेको प्रभु बैंकको आगामी कदममा थप सुधार र जनसुविधामा थप लचकता आउने विश्वास गर्न सकिने ठाउँ भएको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया