के बन्द हाेला त टुटल र पठाओ ?
११ मंसिर, काठमाडाैं । निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गरेकाे भन्दै टुटल र पठाओका चालक कारबाहीमा परेका छन् ।
आइतबार पठाओका एक चालक विकास तामाङ ट्राफिक कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा चालकलाइ कारबाही गरेका छन् । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
यसअघि पनि टयाक्सी चालकहरूले टुटल र पठाओ बिरूद्ध बिराेध गरेपछि विभागले कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । तर पुन: टयाक्सी चालकले टुटल र पठाओ गैरकानुनी र उनीहरूले गर्दा आफ्नाे व्यबसाय समेत संकटमा परेकाे र सरकारले टुटल र पठाओ बन्द नगरे आन्दाेलन गर्ने चेतावनी दिए पछि विभागले सूचना जारी गरी कारबाही गर्ने चेतावनी दिएकाे हाे ।
टुटल र पठाओ टयाक्सी भन्दा सस्तो र काठमाडौं जस्तो व्यस्त सडकमा जाममा कम परिने र सरल भएकोले जनस्तरबाट टुटल र पठाओले साथ र समर्थन पाइरहेको छ । उता टयाक्सी चालकहरू यसको कारण आफूहरूको व्यवसाय धरापमा परेको भन्दै बिरोध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया