मंगलबार, वैशाख ९, २०८२

कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन देउवा र पौडेलबिच छलफल हुँदै

नेपालखोज २०७६ मंसिर २८ गते १३:१३

२८ मंसिर, काठमाडौँ । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई शिर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविच आज छलफल हुदैछ ।

हिजो साझँ संस्थापन इतर पक्षका नेताहरुको बैठक चाक्सिबारीस्थित प्रकाशमान सिंहको घरमा बसेको थियो । बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित रहेपनि उनि निकट गगन थापा लगायतका नेताहरु सहभागि थिए ।

आजको बार्तापछि आवश्यक परे दुवै पक्षका वार्ता समितिले छलफल गरेर विवादको टुंगो लगाईने कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिनुभयो
कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, विभागको संख्या, भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा दुई शिर्ष नेतावीच विवाद चर्केको छ ।

सभापति देउवाले आफूहरुलाई बेवास्ता गरी एकतर्फि ढंगले बैठक संचालन गर्न खोजेको भन्दै पौडेल पक्षले विहिबारको केन्द्रीय समिति बैठक समेत बहिस्कार गरेको थियो । कांग्रेस केन्द्रीय समितिको आगामी बैठक मंशिर २९ गतेका लागि तोकिएको छ । बैठकको तयारी गर्न दुवै पक्षका नेताहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा व्यस्त छन्

प्रतिक्रिया