पृथ्वीजयन्तीमा सार्वजनिक बिदा
नेपालखोज
२०७६ पुष २३ गते १६:४३
२३ पुस, काठमाडौं । राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहकोे जन्मजयन्तीको अवसरमा यो पटक विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार विसं १८१९ बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।
यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।
नगरपालिकाको गत पुस १० गते बसेको पाँचाँ नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया