हात्तीको आक्रमणबाट मृत्यु
नेपालखोज
२०७६ पुष २८ गते १९:४३
२८ पुस, मकवानपुर । हात्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापाको हात्तिको आक्रमणबाट सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया