आइतबार, वैशाख ७, २०८२

गर्भनर नेपालको पदावधि सकिँदै, इच्छुकहरूको दौडधुप सुरु

नेपालखोज २०७६ पुष २९ गते १०:२२

२९ पुष, काठमाडौं । आगामी चैतमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधि समाप्त हुने भएपछि इच्छुकहरूको दौडधुप सुरु भएको छ । नेपाल सरकारको आर्थिक सल्लाहकारका रूपमा रहने गभर्नर पदमा आफू निकटको पार्नका लागि राजनीतिक दलका नेताले पनि आफ्नै किसिमले तयारी थालेका छन् ।

आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन विशेष रूपमा प्रधानमन्त्री केपी शर्मा ओली पनि लागि परेका छन् । उनी सकेसम्म आफ्नै व्यक्ति राष्ट्र बैंकभित्रैबाट आओस् भन्ने हिसाबले लागिपरेको एक इच्छुकले बताए ।

उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि लागिपरेका छन् । उनी पनि आफूले पत्याएको र विगतमा राष्ट्र बैंकमा काम गरेका व्यक्ति बनाउन लबिङ गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने हालसम्म खासै आफ्नो व्यक्ति भनेर लागि नपरेको र कुनै एक राजनीतिक नियुक्तिको बार्गे्निङका लागि तयारी अवस्थामा रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ गभर्नरको नाम सिफारिस गर्न र आफू अनुकूलको व्यक्ति चयन गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई जिम्मेवारी दिइसकेका छन् ।

प्रतिक्रिया