बिहीबार, वैशाख ११, २०८२

विनयमोहन क्वात्रा नेपालका लागि भारतीय राजदूतमा नियुक्त

नेपालखोज २०७६ पुष २९ गते १४:१८

२९ पुस, काठमाडौँ । नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रा नियुक्त भएका छन् । गत डिसेम्बरबाट नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त गरिएको हो । उनी फेब्रुअरीको पहिलो हप्ता काठमाडौं आइपुग्ने र राजदूतको कार्यभार सम्हाल्ने बताइएको छ ।

विनयमोहन भारतीय विदेश मामिलामा ३० वर्षदेखि कार्यरत छन् । हाल उनी फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन् ।

यसअघि विनयमोहनले भारतीय प्रधानमन्त्री कार्यालयमा सहसचिव भएर पनि काम गरेका थिए । साथै भारतीय विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी समेत उनले सम्हालिसकेका छन् ।

त्यस्तै काठमाडौंमा रहेर विनयमोहनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रतिक्रिया