आइतबार, वैशाख ७, २०८२

हिमालयन बैंक विरुद्ध अर्को उजुरी

नेपालखोज २०७६ पुष २९ गते १४:३०

२९ पुस, काठमाडौँ । हिमालयन बैंक विरुद्ध फेरी अर्को उजुरी परेको छ । राष्ट्र बैंकले दिएको समय सिमाभित्र बैंकले बार्षिक साधारणसभा बोलाउन नसकेको भन्दै बैंककै संस्थापक शेयरधनी तथा खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले बैंक बिरुद्द नेपाल राष्ट्र बैंकमा उजुरी दिएको हो।

संचालक चयनको बिषय लगायतका ७ बुंदे सर्त मान्ने प्रतिबद्धता जनाएको हिमालयन बैंकले निर्देशन पाएको २१ दिन बितिसक्दा समेत साधारणसभा तथा निर्वाचन गर्नेतर्फ कुनै पहल नगरेको आरोप छ । ट्रेडिङले नेपाल स्टक एक्सचेन्जलाई समेत बोधार्थ गरेर नेपाल राष्ट्र बैंकका गभर्नर बैंक बिरुद्द उजुरी दिएको हो।

राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले बैंकको संचालक समितिलाई पुस ७ गते ७ बुँदे निर्देशन दिएको थियो । बैंकका अध्यक्ष रहेका मनोज बहादुर क्षेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशोक राणा बीचले आफुबीचको विवाद मिलाएर एक अर्कालाई सहयोग गर्ने सहमति गरेपछि नोट अफ डिसेन्ट लेखेर संचालक समितिबाट बाहिरिएको खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले सुरुदेखि नै असन्तुष्टि जनाउदै आएको छ।

 

बैंकमा संचालक समितिको विषयलाई लिएर पहिलो विवाद सन २०१२ मा देखिएको थियो । त्यतिबेला बैंक संचालक समितिको अध्यक्षमा एन ट्रेडिङ कम्पनीको तर्फबाट हालको समेत अध्यक्ष रहेका क्षेष्ठ र आभा इन्टरनेशनलको तर्फबाट हालको समेत प्रमुख कार्यकारी अधिकृत राणा थिए।

प्रतिक्रिया