अन्नपूर्ण पदमार्गमा हिमपहिरो जादाँ ७ जना सम्पर्कविहिन, उद्दार टोली घटनास्थल तर्फ
नेपालखोज
२०७६ माघ ४ गते ८:५४
४ माघ, काठमाडौँ । अन्नपूर्ण पदमार्गमा हिमपहिरो जादा नेपाली गाइडसहित ७ जना पर्यटक सम्पर्क बिहिन भएका छन् । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको हो । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ ।
हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ ।
पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ । पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन् ।
नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ७ जना सम्पर्कबिहिन भएकोे बताइएको छ । जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया