सोमबार, वैशाख ८, २०८२

प्रधानमन्त्री ओली गलेपछि सभामुखमा अग्नि सापकोटा अनुमोदित

नेपालखोज २०७६ माघ ५ गते १८:४०

५ माघ, काठमाडौं । लामो विवाद र बहश पछि अन्ततोगत्वा सभामुख अग्नि सापकोटालाई बनाउने नेकपा सचिवालयको वैठकले निर्णय गरेको छ । भर्खरै सम्पन्न नेकपा सचिवालयको वैठकले अग्नि सापकोटालाई सर्वसम्मत रुपमा सभामुखका लागि निर्णय गरेपछि सभामुख पद पूर्व एमालेको हातबाट उम्किएको छ ।

सभामुख पद कुनै पनि हालतमा पूर्व माओवादीलाई दिनु हुन्न भन्ने पूर्व एमालेका एकथरीले पार्टी अध्यक्षलाई दवाव दिँदै आईरहेका थिए भने पूर्व माओवादी पनि सभामुख पद नलिई नछाड्ने अडानमा देखिएको थियो ।

दुवै पक्षवीच चर्को बहश पश्चात पूर्व माओवादीलाई सभामुख पद दिने अनौपचारिक निर्णय भए पनि अग्नि सापकोटाका पक्ष प्रधानमन्त्री केपी शर्मा ओली देखिएका थिएनन् । सापकोटाको विकल्पका रुपमा हरिवोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ्गको नाम चर्चामा ल्याएर विषयलाई मोड्ने प्रयास पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

विगतमा एमसीसी प्रकरणमा कृष्ण बहादुर महराले सरकारलाई सहयोग नगरेका कारणलाई समेत मध्यनजर गर्दै पूर्व माओेवादी भित्रको सोझो व्यक्ति सभामुख बनाउने पक्षमा ओली क्रियाशील देखिन्थे ।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहालका अत्यन्तै विश्वासिला पात्रका रुपमा रहेका अग्नि सापकोटाको विकल्प नखोज्न दाहालले ओलीलाई पटक पटक चेतावनी दिएका कारण पनि अन्त्यमा आज दुई अध्यक्षवीच भएको वार्ता पश्चात सापकोटाको नाम सहमतिमा आएको थियो । दुई अध्यक्ष वीचको सहमति पश्चात सचिवालय वैठकले अग्नि सापकोटाको नाममा स्वीकार गरेको वैठकमा रहेका एक सचिवालय सदस्यले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया