राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ को निर्वाचन दाङमा हुँने, दुई मतदान केन्द्र
७ माघ, दाङ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर ५ को निर्वाचन दाङमा हुँने भएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकेर निर्वाचनको तयारी तीव्र पारिएको छ ।
एक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइने भएको छ । दुईवटा मतदान केन्द्रमा १६ जना कर्मचारी खटाइने र निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना स्थल समेत तोकिसकिएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने छ ।
कुल तीन सय पाँच मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र एक सय नौ स्थानीय तहका प्रमुखरउपप्रमुुख गरी दुुई सय १८ जना रहेका छन् । जसमा प्रदेशसभातर्फ प्रतिमतदाता ४८ मतभारका दरले ४१७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३९२४ मतभार गरी कुल ८१०० मतभार रहेको छ ।
प्रतिक्रिया