शनिबार, वैशाख ६, २०८२

अनैतिक क्रियाकलाप हटाउन प्रहरीसँग समन्वय गरिने

नेपालखोज २०७६ माघ ९ गते १५:२०

९ माघ, काठमाडौं । महानगरिय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र एंव सामुदायिक प्रहरी सेवा केन्द्र महाँकाल र काठमाडौँ महानगरपालिका वडा १८ को संयुक्त आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १८ वडाभित्र भएका विभिन्न विकास निर्माण लगायतका गतिविधि, वडा भित्र नागरिकहरुले पाएका उपलब्धि एवं समस्याहरुका बारेमा स्थानीयवासीहरुसग प्रत्यक्ष जानकारी लिन नागरिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाडौँ महानगर भित्र बढ्दो जनसंख्या, प्रविधिको अत्याधिक प्रयोग र त्यसबाट देखिएका नकारात्मक असरहरु, फोहोर मैला व्यवस्थापन, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण गर्दै नागरिकहरुको सुरक्षाका विषयमा सार्वजनिक सुनुवाई केन्द्रीत थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय वासीहरुले, वडा भित्र देखिएका सामाजिक मूल्य मान्यता विपरितका कार्यहरुको बारेमा बहश गरेका थिए भने भने वडाभित्रको समस्याहरु सुनुवाईका क्रममा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुले राखेका जिज्ञाशा एवं गुनासोलाई सम्वोधन गर्दैै काठमाडौं महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष न्हुन्छेकाजी महर्जनजले वडाबासीहरुको सुरक्षाकालाई दृष्टिगत गर्दै वडा क्षेत्रभित्र १६ वटा सिसि क्यामरा जडान गरिएको जानकारी दिए । उनले समाजमा विकृति विसंगति हुन नदिने सामुदायिक प्रहरीसँगै सहकार्य गरिरहेको बताए ।

सार्वजनिक सुुनवाई कार्यक्रममा हर प्रहर, गाउँ र नगरी, टोल, टोलमा नेपाल प्रहरी भन्ने नेपाल प्रहरीको राष्ट्रिय नारालाई सार्थक तुल्याउनका लागि आफूहरु जनताका सेवामा खटिएको बताउँदै समाजमा घट्ने सम्पुर्ण विकृति, विसंगति एवं अनैतिक क्रियाकलाप न्यूनिकरण गर्न स्थानीय वासीहरुको पनि महत्वपूर्ण भूमिका रहेको महानगरिय प्रहरी वृत्त जनसेवाका प्रमुख नायव उपरिक्षक सुनिल जङ्ग शाहले बताए ।
नागरिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकले सडक, सवारी पार्किङको समस्याका साथै फोहोरमैला व्यवस्थापन र विद्यालय हाता वाहिर हुने अनैतिक क्रियाकलाप, भट्टी पसलको स्थापना, जस्ता विविध समस्याहरु उठान गरेका थिए ।

प्रतिक्रिया