शनिबार, वैशाख ६, २०८२

राष्ट्रियसभा निर्वाचन : सुदुरपश्चिममा २२७ मतदान

नेपालखोज २०७६ माघ ९ गते १९:२०

डोटी – सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभाको निर्वाचनअन्तरगत डोटी जिल्ला सदरमुकाम सिलगढीमा भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष १७६ गरी कुल २२९ जना मतदाता रहेको उक्त निर्वाचनमा जम्मा २२७ मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

नेकपाबाट अछाम जिल्लाबाट प्रदेश समानुपातिक सदस्य मनकुमारी साउद र काँग्रेसबाट निर्वाचित साइपाल गाउँपालिका बझाङका उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागी नहुँदा जम्मा २२७ मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया