सोमबार, वैशाख ८, २०८२

प्रहरी चौकी निर्माणकालागि ५ रोपनी जग्गा निः शुल्क दान

नेपालखोज २०७६ माघ १० गते १३:२०

बागलुङ । बागलुङको बरेङ्ग गाउँपालिका–२ का दधिलाल शर्माले प्रहरी चौकी निर्माण गर्नकालागि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । उनले आफ्नो जग्गा प्रहरी चौकी हुग्दीशिरको नाममा राजीनामा गरी लालपूर्जा हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ्ग गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकाको पर्यटकीय क्षेत्र पञ्चकोटमा १५ जना बरबन्दी सहितको नयाँ प्रहरी चौथी स्थापना गर्न लागेको छ ।

प्रहरी चौकी स्थापनाको पहिलो शर्त आफ्नै जग्गा व्यवस्थापन भएकाले अन्य पालिकामा पनि जग्गाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टले बताए ।

जग्गा व्यवस्थापनपछि मात्रा सरकारले भवन तथा अन्य आवश्यक संरचना निर्माणको लागि निकासा दिने छ । बागलुङमा पहिलो पटक बरेङ्गमा जग्गा प्राप्त भएको एसपी भट्टको भनाई छ । दश मध्ये ६ वटा पालिकाको केन्द्रमा यस अघिनै प्रहरी चौकी कायम छन् ।

शान्ति सुरक्षाको लागि गाउँमा प्रहरी बस्ने विषय राम्रो भएका निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादाता शर्माको भनाई छ । ‘प्रहरीलाई नागरिक तहबात सहयोगको आवश्यक छ’ शर्माले भने–‘आफ्नो सुरक्षाको लागि प्रहरीसँगको सहकार्य बढाउनु राम्रो हो ।’

प्रतिक्रिया