सनराइज बैंकमा गाभिन लागेको सिर्जना फाइनान्सको साधारण सभा भोलि
नेपालखोज
२०७६ माघ १० गते १४:३२
काठमाडौँ । सिर्जना फाइनान्सको १८ औं वार्षिक साधारण सभा शनिवार हुँदैछ । यो सभा नै सिर्जना फाइनान्सका शेयरधनीहरुका लागि अन्तिम सभा हुनेछ । किनकी अब यो फाइनान्स सनराइज बैंकमा गाभिदै छ । आगामी सभा प्राप्ति सम्बन्धी प्रकृया यसै आवमा सम्पन्न भए आगामी वर्ष सनराइजको नामबाटै साधारण सभा हुनेछ ।
सिर्जना फाइनान्सले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजादैछ । प्राप्ति सम्बन्धी प्रयोजनका लागि माघ ९ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ ।
साधारण सभाका लागि भने कम्पनीले माघ ३ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम सदस्यहरुमात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया