सोमबार, वैशाख ८, २०८२

पाल्पाका पूर्व सांसद गम्भीरजंगको निधन

नेपालखोज २०७६ माघ १२ गते ८:११

१२ माघ, काठमाडौं । पाल्पाका पूर्व सांसद तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौमा निधन भएको हो ।

२०४८ सालमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचितभएका कार्की २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति समेत थिए । त्यस अघि उनी राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित भएका थिए ।

नेता कार्कीको मृगौला फेल भएकाले लामो समयदेखि डायलायसिस गर्दै आएका कार्कीको ७६ वर्षको उमेरमा हिजो राती निधन भएको हो ।

प्रतिक्रिया