आइतबार, वैशाख ७, २०८२

रुपन्देहीको धकधइमा प्रभु बैंकको शाखा विस्तार

नेपालखोज २०७६ माघ १२ गते १७:१६

रुपन्देही । प्रभु बैंकले रुपन्देहीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ को धकधइमा शाखा सञ्चालन गरेको हो ।

बैंक शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका थिए । शाखाको उद्घाटन गर्दै अध्यक्ष यादवले प्रभु बैंकले गाउँ गाउँसम्म पु¥याउदै आएको सेवा प्रशंसनिय भएको बताए । उनले प्रभु बैंकको शाखा विस्तार कार्यले सरकारको बैंकिङ सेवामा पहुँच नीतिले सफलता पाउने समेत बताए ।

शाखाको उद्घाटन सत्रमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

धकधइ शाखाले स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ । धेरै शाखा भएका बैंक मध्येको एक प्रभु बैंकको यो २ सय ५ औं शाखा हो ।

प्रतिक्रिया