बीओकेको संस्थापक सेयर सर्वसाधारणले समेत पाउने गरि लिलामीमा
काठमाडौँ । बैंक अफ काठमान्डूले बुधबार (माघ १५ गते) बाट ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेको सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्ने बताइएको छ ।
यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले ३५ दिने सुचना जारी गरी यो सेयर बिक्री खुला गरेको थियो ।
तर सो समयमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणले पनि किन्ने सक्ने गरी बिक्री खुला गरेको हो । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन माघ २३ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।
प्रतिक्रिया