भारतमा बस दुर्घटना, दुई नेपालीको मृत्यु, १२ जना घाइते
नेपालखोज
२०७६ माघ १६ गते १०:१२
एजेन्सी । भारतको पश्चिम बंगालमा बस र कार एक आपसमा ठोक्किदा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । दुर्घटनामा झापा बुद्धशान्ति ३ कि ५० वर्षीया भूमा ढकाल र ४५ वर्षीया दिपज्योति ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेमा गएका आफन्त सवार बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार बस दुर्घटना भएको हो ।
१८ नेपाली सवार डव्ल्यू वी ७६–९१९४ को बस विपरीत दिशाबाट आउँदै गरेको ७० एच ५७६२ नम्बरको वेगनर कारमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया