बिहीबार, वैशाख ११, २०८२

नेपालमा प्रतिबन्ध लगाएपछि भारतमा पाम आयलको मूल्यवृद्धि

नेपालखोज २०७६ माघ १७ गते ७:१३

१७ माघ, काठमाडाैं । नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक राजदूतसँग प्रतिबन्ध खुलाउने पहल गरिदिन अनुरोध गरेका हुन् । राज्यमन्त्री मोती दुगडले पाम आयलको प्रतिबन्ध खुलाउन भारतीय कार्यवाहक राजदूतसँग आग्रह गरिएको पुष्टि गरे ।

वार्तामा भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाललाई परेको असर र भारतमा पनि परेको प्रभावबारे राजदूत समक्ष जानकारी गराइएको थियो । पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि भारतमा पनि यसको मूल्यवृद्धि हुँदै गएको बताइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया