मंगलबार, वैशाख ९, २०८२

प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति काँग्रेसको सर्मथन : देउवा

नेपालखोज २०७६ माघ १८ गते १८:३२

रुपन्देही । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पु¥याउने कार्य गर्न नहुने बताएका छन् ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले प्रेस स्वतन्त्रतामा समेत कहीबाट हस्तक्षेप गर्न नहुने बताए।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति काँग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गरे ।

महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गरे। नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया