आईसीसी विश्वकप क्रिकेट लीग २ : पारस र ज्ञानेन्द्र दुवै आउट
नेपालखोज
२०७६ माघ २२ गते १३:४५
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान मैदानमा छन्। ओमानले दिएको १९८ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । यहि क्रममा अहिले नेपाली टोलीलाई दोस्रो झट्का लागेको छ ।
नेपाली टीमका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएर पहिलो झट्का खाएको नेपालले फेरी अर्का ओपनर पारस खड्कापनि आउट भएपछि दोस्रो झट्का लागेको हो । मल्ल ओमानका मोहम्मद नदीमको बलमा क्याच आउट भए भने पारस तीन रन बनाउँदै पेभेलियन फर्के ।
पारस सुरज कुमारको बलमा आउट भए । अहिले नेपालको अवस्था ब्याटिङ धर्मरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया