बिहीबार, वैशाख ११, २०८२

भारतीय क्रिकेट टोलीलाई आईसीसीको जरिबाना

नेपालखोज २०७६ माघ २३ गते ९:५०

२३ माघ, काठमाण्डौँ । न्युजिल्याण्ड विरुद्धको पहिलो एक दिवसीय खेलमा चार विकेटले पराजित भएको भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ ।

पहिलो एक दिवसीयमा ‘स्लो ओभर रेट’ मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत ‘म्याच फी’ को जरिबाना लगाएको हो । आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर ‘स्लो रेट’ मा गरेको भन्दै जरिबाना लगाइएको हो ।

आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

प्रतिक्रिया