आइतबार, वैशाख २१, २०८२

कास्कीमा प्रभु बैंकको ३ वटा शाखा एकैसाथ

नेपालखोज २०७६ माघ २३ गते १७:४५

काठमाडौं । शाखा विस्तारलाई तीव्र रुपमा अगाडि बढाईरहेको प्रभु बैंकले कास्की जिल्लामा एकै दिन र एकै समयमा तीवनटा शाखाको सञ्चालन शुरु गरेको छ । वैकले आप्mनो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

पोखरा महानगरपालिका वडा नं. २ स्थित हरिचोकमा वैकका गण्डकी प्रदेश प्रमुख व्यवासय अधिकृत शान्ति शेरचनले, वडान ं. १३ स्थित बाँझापाटन शाखामा वडा अध्यक्ष लेख बहादुर तामाङ्गले र वडा नं. २६ स्थित अर्घौंचोक शाखा लेखनाथ उद्योग बाणिज्य महासंघका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन् ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले १५७ वटा ब्त्ः, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

आजै देखि सञ्चालनमा आएका प्रभु बैंक लि. पोखरा महानगरपालिका भित्रका ३ वटै शाखाबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया