इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशतले घट्यो
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशतले घटेको छ । यस बैंकले गत आर्थिक वर्षको यसै समय अवधिमा १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, यस वर्ष यसै समय अवधिमा नाफा घटेर १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँमा झरेको छ । बैंकका अधिकारीका अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेकाले त्यसको प्रत्यक्ष असर नाफामा परेको हो ।
खुद ब्याज आम्दानी ७.५४ रुपैयाँ ले घटेर ३ अर्ब ६ करोड ३३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा १६.२७ प्रतिशतले घटेर २ अर्ब ३८ करोड ८ लाख ८० हजार रुपैयाँ पुगेको छ । साथै, बैंकको खराब कर्जा पनि बढेको छ । पुस मासन्तसम्ममा बैंकको वितरण योग्य नाफा ८४ करोड ३४ लाख १२ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ०३ पैसा छ । पुस मसान्तसम्ममा बेस रेट ८.५३ प्रतिशत रहेको छ । खुद नाफा र सञ्चालन नाफा दुवै घट्नु अनि खराब कर्जा भने बढ्नुले बैंकको वासलत प्रभावित भएको हो । यी सबैको प्रत्यक्ष प्रभाव खुद नाफा, प्रतिसेयर आम्दानी लगायतका प्रमुख वित्तीय सूचकहरुमा परेको देखिन्छ ।
प्रतिक्रिया