मौसम : पश्चिमी हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना
नेपालखोज
२०७६ माघ २५ गते ९:५७
२५ माघ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार आज पश्चिमी हिमाली केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मध्ये नेपालका केही भागमा भने हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा पनि हल्का वर्षा हुने सम्भावना छ ।
आज राति भने देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा हुनेछ । साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया