मंगलबार, वैशाख ९, २०८२

हात्तीपाइले : आजदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु, १३ जिल्लामा औषधि खुवाइने

नेपालखोज २०७६ माघ २५ गते १०:३२

२५ माघ, काठाडौँ । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले शनिबार आजदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको इपिनिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा शनिबार आजदेखि यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ । त्यस्तै, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि आजैबाट यो कार्यक्रम सुरु भएको छ ।

हात्तीपाइलेको औषधिले असर गर्ने हल्लाका कारण कतिपय सेवन गर्न डराउने गरेका छन् । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ ।

चिकित्सकहरूले खाली पेटमा औषधि नखान र औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आउँदा नआत्तिन पनि सुझाव दिएको छ । औषधिको असरले लामो समयसम्म असर कायम रहेमा भने स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया