कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८१२ पुग्यो, ३७ हजार बढी संक्रमित
नेपालखोज
२०७६ माघ २६ गते १४:४३
एजेन्सी । चीनमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ । आइतबार आजसम्म चीनको हुबेइ प्रान्तमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ७८० पुगि सकेको छ ।
चीन बाहिरका देशमा दुई जनाको मृत्यु भएको छ । तर कोरोना भाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ । कोरोना भाइरसले ३७ हजार २ सय ५१ मानिस संक्रमित भएको सिजिटियनमा उल्लेख छ ।
गत महिना विश्व स्वास्थ्य संस्थाले यसलाई विश्व जनस्वास्थ्य सकंटको घोषणा गरेको थियो । हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीले शनिबार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन् ।
हुबेइ प्रान्तमा ६० वर्षीय अमेरिकी नागरिकको पनि भाइरस संक्रमणका कारण हिजो मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया