एनसीसी बैंकको ब्याज आम्दानी बढ्यो
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एनसीसीले सार्वजनिक रिपोर्टले जनाए अनुसार बैंकको दोस्रो त्रैमासमा ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २.२२ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । एनसीसीको वितरण योग्य नाफा ५२ करोड ५२ लाख रुपैयाँ रहेको छ । पुसमसान्त सम्ममा यसको खुद ब्याज आम्दानी १३.६४ प्रतिशत र सञ्चालन नाफा २.७२ प्रतिशत ले बढेको छ ।
निक्षेप संकलन १.६९ प्रतिशतले घटेको छ । यस्तै कर्जा प्रवाह ११.०४ प्रतिशतले बढेको छ । हाल एनसीसी बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ छ । एनसीसीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५२ पैसाले घटेर १८ रुपैयाँ ६० पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ भने १५६ रुपैयाँ १८ पैसा छ ।
प्रतिक्रिया