साताको पहिलो दिन नै नेप्सेमा गिरावट
नेपालखोज
२०७६ माघ २६ गते १६:३३
काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार परिसुचक नेप्सेमा १३.७० अंकले गिरावट आएको छ । १३३२.९१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म घटेर १३१९.९९ अंकमा आइपुगेको हो। आज कुल १७३ वटा कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर खरिदविक्री हुँदा ९५ करोड ४ लाख २ हजार ५८४ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, बैंकिङ १२.३९ अंक, व्यापार ५.६४ अंक, होटल ५४.३२ अंक, विकास बैंक १९.१४ अंक, जलविद्युत ८.३४ अंक, फाइनान्स ५.५१ अंक, निर्जिवन लाइफ १३१.५१ अंक, अन्य ४.०५ अंक, माइक्रोफाइनान्स २०.६९ अंक, लाइफ इन्स्योरेन्स ७५.८६ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले घटेको छ ।
सम्बन्धित
प्रतिक्रिया