आइतबार, वैशाख ७, २०८२

ओमानसँग आजपनि हार्‍यो नेपाल

नेपालखोज २०७६ माघ २६ गते १६:४१

काठमाडौँ । विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग फेरी पराजित भएको छ। ओमानले नेपाललाई ८ विकेटले जितेको हो । यो जितसँगै ओमन विश्वकप लिग २ को अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको नेपालले ओमनलाई २ सय ५० रनको चुनौती दिएको थियो। ओमनले ४७ ओभरमा दुई विकेट गुमाउँदै आफ्नो लक्ष्य पूरा गर्‍यो। ओमनको जितमा अकिब इल्लासले १ सय ९ रन बनाए भने जिसान मकसुदले ६८ रन बनाए। नेपालका लागि सुसन भारी र कुशल मल्लले १र१ विकेट लिए भने अरु बलर चल्न सकेनन्।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए भने पूर्व कप्तान पारस खड्काले ३८ रन बनाए। बिनोद भण्डारीले ३५ रन बनाउँदा आरिफ शेख र कुशल मल्लले आक्रामक ब्याटिङ गरेका थिए। कुशलले २४ बलमा २८ रन जोड्दा आरिफले पनि २८ रननै जोडेका थिए।

कीर्तिपुरमा भइरहेको सिरिजको तेस्रो खेलमा नेपाल ओमनसँग दोस्रोपटक पराजित भएको हो। त्रिकोणात्मक सिरिज अन्तर्गत माघ २२ गते भएको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको थियो। यस्तै, शनिवार भएको खेलमा भने नेपालले अमेरिकालाई पराजित गरेको थियो।

प्रतिक्रिया