आइतबार, वैशाख ७, २०८२

नेपाल इन्सुरेन्सको कुल नाफा बढ्यो

नेपालखोज २०७६ माघ २७ गते १५:०४

काठमाडौँ । नेपाल इन्सुरेन्सले आफ्नो कुल नाफा दर बढाएको छ । यस इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा रकम गत वर्षको भन्दा १९.४० प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले खुद बिमा शुल्क पनि ३४.०७ प्रतिशतले बढाएर ३२ करोड १९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसले २४ करोड १ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस त्रैमास सम्ममा कुल १३ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ८६ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीले बिमा कोष पनि २३ करोड १४ लाख रुपैयाँबाट बढाएर ३४ करोड १३ लाख पुर्याएको छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको छ भने, जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया