नबिल बैंकको प्रतिशेयर आम्दानीमा दबाब
नेपालखोज
२०७६ माघ २८ गते १३:५८
काठमाडौँ । नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । गतवर्षको यहि समयको नाफाका तुलनामा यस वर्ष बैंकको खुद नाफा ६.२० प्रतिशतले घटेको हो । गत वर्ष यसैअवधिमा नविलले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस वर्ष यसअवधिमा खुद नाफा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेकाले खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी ४.४२ प्रतिशत र सञ्चालन नाफा ५.६५ प्रतिशत ले घटेको छ । यता, बैंकको चुक्ता पुँजीको आकार २५.५४ प्रतिशतले बढेको छ । नाफा घट्नु र पुँजीको आकार बढ्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसाले घटेर ४५ रुपैयाँ ३२ पैसमा सीमित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया