चीनबाट विद्यार्थी फिर्ता ल्याउन सरकारले गरेन औपचारिक निर्णय, मुख खोल्नै चाहान्न् सरकारका अधिकारी
काठमाडौँ । कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता ल्याउने विषयमा सरकारले ठोस निणय नगरेपछि विद्यार्थीहरु समस्यामा परेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार विद्यार्थीलाई स्वदेश फर्काउनेबारे कुनै औपचारिक निर्णय सरकारले दिएको छैन । ९ दिनअघि नै दूतावासले स्वदेश फर्कन चाहने हुबेई प्रान्त क्षेत्रका विद्यार्थीको आवेदन लिएको थियो । नेपालीहरुलाई जहाज चार्टर गरी स्वदेश फर्काउने भन्दै आवेदन भर्न आह्वान गरेपछि करिब १ सय ८५ नेपाली विद्यार्थीले १९ माघमा आवेदन दिएका थिए।
बेइजिङस्थित नेपाली दूतावासले भने नेपाली विद्यार्थीलाई स्वेदश फर्काउन आफूहरुले सबै तयारी गरेको भए पनि नेपालबाट कुनै औपचारिक निर्देशन नआएको बताएको छ ।
दुतावासका अधिकारीले दिएको जानकारी अनुसार विद्यार्थी स्वदेश फर्काउन सबै तयारी पुरा भएको छ तर दुतावास सरकारको निर्देशन कुरेर बसेको छ । कतातिर सरकारले अहिलेसम्म निर्णय दिएको छैन भने अर्का तिर सरकारको निर्णय पश्चात पनि उनीहरुलाई स्वदेश फर्काउन २—३ दिन थप लाग्ने दुतावास स्रोतले जनाएको छ । नेपाल सरकारले निर्णय गरेपछि विद्यार्थीलाई विमानस्थलसम्म पु¥याई चीन सरकारसँग उडान अनुमति लिने लगायतका अन्य प्रकृया पुरा गर्न करिब ३ दिन थप लाग्ने हो । सरकारको यस ठिला सुस्तिबारे सम्बद्ध अधिकारीहरु मुख खोल्न मानिरहेका छैनन् ।
प्रतिक्रिया