प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौँ । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।
आज शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने संसद सचिवालयले जनाएको छ ।
यसअघि संसद सचिवालयले हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । तर राष्ट्रियसभाका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भए पछि शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
संसदमा हिजो सांसद उपाध्यायको निधनमा एक मिनेट मौनधारण गरेपछि वैठक स्थगित गरिएको थियो । क्यान्सर रोगबाट पीडित कांग्रेस सांसद उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।
प्रतिक्रिया