आइतबार, वैशाख ७, २०८२

म्यान्चेष्टर सिटीलाई दुई सिजन खेल्न प्रतिबन्ध

नेपालखोज २०७६ फागुन ३ गते ८:३४

एजेन्सी । म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ । युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको हो ।

युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरिएको छ ।

निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ । सिटीले यो निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ । सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युईएफएले जनाएको छ ।

अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युईएफएले लगाएको छ । पछिल्लो प्रतिबन्धसंगै सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन ।

प्रतिक्रिया