नेप्सेले थप्यो उत्साह
काठमाडौँ । आइतबार नेप्से १३५० विन्दुभन्दा पुगेको छ । नेप्से सूचक १९.३९ अंकले बढेर १३६३.९७ विन्दुमा अडिएको हो । १७६ कम्पनीको १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ लाख ५ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यसरी नेप्से क्रमश बढ्दा खरिदबिक्रीमा बढी उत्साह देखिएको छ। शेयर बजार बढ्दै जाँदा सूचीकृत कम्पनीहरुको सेयर भाउ दिनहुँ उकालो लागिरहेको छ । प्रत्येक दिनजसो भाउ बढेकाले लगानीकर्ता सेयर खरिद गर्न हतारिएका छन् । बढ्दो बजारमा १ दिन ढिला हुँदा पनि सेयर किन्न धेरै पैसा तिर्नुपर्ने अवस्था आउँछ । सोही कारण लगानीकर्ताले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ सेयर बजारमा प्रवेश गरेको आँकलन गरिएको छ ।
लामो समयसम्म बजार ओरालो लाग्दा सेयर भाउ निकै सस्तो भइसकेको थियो । भाउ सस्तो भएपछि लगानीकर्ताहरु एकाएक सेयर बजारमा आकर्षित भएका हुन् । बैंक ब्याजदर घट्दो क्रममा छ । बैंकहरुले ग्राहक खोजीखोजी सेयर कर्जा प्रवाह गर्न थालेका छन् । यसले पनि बजार थप गतिशील बनेको हो । बजार बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि थपिन थालेका छन् ।
प्रतिक्रिया