महराको मुद्दामा अन्तिम बहस सकियो, फैसला सोमबार
नेपालखोज
२०७६ फागुन ४ गते १८:०७
काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले कृष्णबहादुर महरामाथि लागेको जवरजस्ती करणी अभियोग मुद्दामा अन्तिम बहस सकिएको छ । तर आइतबार फैसला सुनाउने तयारी गरिएतापनि समय अभावका कारण सोमबारलाई सारिएको छ । अदालतले सोमबार फैसला सुनाउने सह–प्रवक्ता टिकसिंह खत्रीले बताएका छन् ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिमबहस चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।
सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरूले बहस गरेका थिए।
संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया