अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल (भिडियोसहित)
नेपालखोज
२०७६ फागुन ५ गते १५:१०
काठमाडौं । विश्वकै चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल सहभागी भएका छन् ।
विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि आइतबार राति उनले दिएको प्रस्तुतिलाई सबैले प्रशंसा गरे ।
आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो शृंखलाबाट छानिएका दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । प्रस्तुतिका क्रममा दिवेशले नेपालको सुन्दरताका साथै नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । पाँच वर्षअघि अमेरिका गएका दिवेश हाल क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया