मंगलबार, वैशाख ९, २०८२

बेलायतका सेना प्रमुख स्मिथ ७ दिने भ्रमणका क्रममा नेपालमा

नेपालखोज २०७६ फागुन ५ गते १६:२५

काठमाण्डौ । नेपालको औपचारिक भ्रमणमा रहेका बेलायती सेनाका प्रमुख सर मार्क कार्लेटन स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउन भ्रमणले सहयोग गर्ने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणकै क्रममा स्मिथले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेका बीर स्मारिकामा माल्यार्पण गरेका थिए । यसैगरी काभ्रेको पाँचखाल स्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सात दिने औपचारिक भ्रमण पूरा गरी स्मिथ फागुन ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया