गोदावरीमा सहकारी शिक्षाको तालीम शुरु
नेपालखोज
२०७६ फागुन ६ गते १७:२३
ललितपुर । गोदावरी नगरपालिका–१ गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालीम शुरु भएको छ । शाखाले सहकारी साक्षारतासम्बन्धी जानकारी दिने उद्देश्यका साथ उक्त एकदिने तालीम शुरु गरेको हो । तालीममा शाखाप्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिक्स र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताए ।
उनले भने, “यस तालीममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।” शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालीम दिने घिमिरेले बताए ।
सम्बन्धित
प्रतिक्रिया