कोरोनामुक्त घोषणा गर्ने सरकारको तयारी, तीन भाषामा सन्देश प्रवाह गरिने
काठमाडौं । सरकारले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा मन्त्रालयले कोरोना भाइरसमुक्त रहेको प्रचारात्मक सन्देश प्रवाह गर्न लागेको हो ।
मन्त्रालयले अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा कोरोना भाइरसमुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्नेछ । मन्त्रालयका अनुसार चिनियाँ पर्यटकका लागि नेपाल सुरक्षित रहेको सन्देशमूलक सामग्री पठाइनेछ ।
सात दिनभित्र चिनियाँ सञ्चारमाध्यम र नेपाली नियोगमार्फत सामग्री पठाइने मन्त्रालयले जनाएको छ । प्रचारात्मक सामग्री मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय, पर्यटन सम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा राखिनेछ ।
चिनियाँ पर्यटक चाइना साउदर्न र हिमालय एयरलाइन्सको उडानबाट सातामा १ सय हाराहारीमा नेपाल आइरहेका छन् ।
नेपाल भित्रने पर्यटकमा चिनियाँ दोस्रोमा पर्छन् । सन् १९९९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ नेपाल आएका थिए । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।
प्रतिक्रिया