मंगलबार, वैशाख ९, २०८२

बैशाखमा लमजुङ्गको दोर्दीबाट २५ मेगावाटको विजुली बालिँदै प्रशारण लाईन निर्माण अन्तिम चरणमा (तस्वीर सहित)

नेपालखोज २०७६ फागुन ७ गते १३:३३

लमजुङ्ग । लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिका ६ साविकको फलेनी र ढोढेनी गाविसमा निर्माण भईरहेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाले २०७७ वैशाखदेखि विजुली बाल्ने गरी आयोजनाको काम अन्तिम चरणमा पु¥याएको छ । गत साउनमा गएको बाढीका कारण आयोजनामा कार्यरत १० जना कर्मचारी मात्र गुमाएन करीव १८ करोड बराबरको भौतिक संरचना पनि ध्वस्त भए । अत्यधिक क्षति व्यहोर्नु परेको आयोजनाले आफ्नो कामलाई रोकेन स्थानीयहरुको सहयोग र साझेदारहरुको हिम्मतले निरन्तर रुपमा अगाडि बढाई नै रह्यो फल स्वरुप अहिले प्रशारणलाईनमा जोड्ने अन्तिम तयारीमा पुगेको देखिन्छ ।
लिवर्टी इनर्जी कम्पनीले करीव ४ अर्व ६४ रुपैयाँ लगानी योजना बनाएर निर्माण गरेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको लागत मुल्य केही बढ्ने देखिएको छ । बाढीबाट भएको क्षति, आयोजना शुरु हुँदा खेप्नु परेको नाकावन्दी, वैक व्याजले समेत लागत मूल्यलाई बढाएको देखिन्छ ।
दोर्दी खोला हिमनदीको पानीको प्रयोग गरी २५ मेगावाट विजुली उत्पादन गर्ने गरी २०७१ साल वैशाख १५ गते अनुमति प्राप्त गरेको आयोजनाले २०७६ साल चैत्र ३० गते आयोजना सम्पन्न गर्ने गरी काम अगाडि बढाएकै कारण ९६ प्रतिशत काम सम्पन्न भईसकेको स्थलगत अनुगमनबाट पुष्टि गर्न सकिन्छ ।
आयोजनाका निर्देशक राम पाण्डेका अनुसार अव प्रशारणलाईनका लागि आयोजन स्थलमा उपकरणहरु जोड्ने काम बाहेक भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भईसकको । पाण्डेका अनुसार दोर्दी खोलाबाट विजुली उत्पादन गर्नका लागि करीव १८ करोड ५४ लाख प्रति मेगावाट उत्पादन लागत रहेको छ ।
आयोजना सम्पन्न भए पश्चात बार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट विजुली उत्पादन हुने लिवर्टी इजर्नीले जानकारी दिएको छ । साथै आयोजनाले विक्री मुल्य वर्षायामका ८ महिनाको लागि ४ रुपैयाँ ८० पैसा र सुख्खायामका ४ महिनाका लागि ८ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।
आयोजनाले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएको व्यवस्थालाई पूर्ण पालन गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलार्य १० देखि १५ प्रतिशत शेयर उपलब्ध गराउने गरी शेयर सार्वजनिक गर्ने छ ।
आयोजनाले प्रभावित क्षेत्रका रुपमा रहेको तत्कालिन फलेनी र ढोडेनी गाविसबाट माग बमोजिमको दरखास्त प्राप्त नभएका दोर्दी गाउँपालिकाका वाँकी सम्पूर्ण वडाबासी र वेशी शहर नगरपालिका वडा नं. ११ का स्थानीय वासीहरुलाई र सो क्षेत्रका स्थानीयहरुको पनि माग बमोजिम दरखास्त प्राप्त नभएमा लमजुङ्गका सम्पूर्ण वासिन्दाहरुलाई शेयर बाँडफाँड गर्ने जनाएको छ ।  कम्पनीले आईपीओ निष्काशनको लागि गत बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले ३७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो। कम्पनीले जारी गर्न लागेको आईपिओको बिक्री प्रबन्धक तथा शेयर निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको छ।
हेरौ आयोजनाको निर्माण स्थलको अवस्था

 

 

प्रतिक्रिया