प्रथम कर्णाली जैविक कृषि सम्मेलन शुरु
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलोपटक उक्त सम्मेलन शुरु भएको हो । जैविक कृषि प्रविधिको अवलम्बन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशा विषयमा व्यापक छलफल हुनेछ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पूर्व गृहमन्त्री जनार्दन शर्मा, २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेशसभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधि, प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, सङ्घीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषक, विभिन्न विज्ञको सहभागिता रहेको प्रवक्ता पण्डितले बताए ।
प्रतिक्रिया