अदालतबाट सफाइ पाएका महराले भने, ‘मलाई सुनियोजित ढंगले फसाइयो’
काठमाण्डौ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन्।
इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।
उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन्।
महराले ४ महिनासम्म आफू जेल बस्दा राज्यका अंगहरूमध्येमा प्रहरी प्रशासन बुझ्ने अवसर प्राप्त गरेको बताएका छन् । उनले सैद्धान्तिक रुपले न्यायालयलाई बुझेंता पनि व्यवहारिक रुपमा जेल बस्दा बुझ्ने अवसर पाएको बताए ।
महराले आफूमाथि लगाएको आरोप मिथ्या भएकोका आफू ढुक्क भएको समेत बताएका छन् । उनले भने, ‘मलाई जुन उद्देश्यले जेल राखिएको थियो त्यो अर्कै उद्देश्य थियो। त्यो कुराको विषयमा मैले भनें नि पछि विस्तारै भन्दै जाऔंला। मैले त्यो विषय गलत सावित एकदिन भएरै छाड्छ भन्ने कुरा मेरो मान्यताभित्रै दिलदेखि थियो।’
महराले आफू सामाजिक र राजनीतिक रुपमा पूरानै ठाउँमा भएको समेत बताएका छन् । आफूलाई सुनियोजित ढंगले फसाएको बताउँदै महराले भने, ‘मैले यति मात्रै भन्छु, सुनियोजित छ न त छ यसको पछाडि आन्तरिक बाह्य सबै छ। यसको विस्तारै समय क्रममा खुल्दै जान्छ। अहिले खुल्दैन। त्यसको वस्तुगत आवश्यकता महशुस हुन्छ। म एकदम ढुक्क छु, मैले कुनै गल्ती गरेको छैन। कुनै अपराध गरेको छैन। त्यसकारणले कसैले त्यो कोशिस गर्छ भने त्यो फेल हुन्छ।’
प्रतिक्रिया